शेयर बजारमा पहिरो, यी हुन् लगानीकर्ताको रोजाइमा परेका पाँच कम्पनी

काठमाडौं, १३ बैशाख । साताको दोस्रो दिन लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ । कारोबार शुरु भएदेखि ओरोलो लागेको अपरको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन तामाकोशीको ३१ करोड ७४ लाख ५९ हजार ९३३ रुपैयाँ बराबरको ४ लाख ३ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ ।

८१४ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ४४ रुपैयाँ घट्दै ७७० रुपैयाँमा कारोबार बन्द भएको छ ।

निफ्राको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । निफ्राको २५ करोड २९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

त्यसदिन नेपाल पुनर्बीमा कम्पनी शेयर कारोबारको आधारमा तेस्रो नम्बरमा परेको छ । पुनर्बीमा कम्पनीको २० करोड २४लाख २१ हजार ६२३ रुपैयाँ बराबरको कित्ता शेयर किनबेच भएको छ ।

लगानीकर्ताको रोजाइको नेपाल बंगलादेश बैककोको शेयर परेको छ । बंगलादेशको १९ करोड ५३ लाख ३५ हजार २९० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबारको आधारमा पाँचौ नम्बरमा परेको छ । नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ७४ लाख ८० हजार ७९३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

सोमबार पनि शेयर बजार राताम्मे देखिएको छ । सबै उपसमूहहरू राताम्मे देखिदा शेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ५८ अंकले घटेको हो । त्यसदिन नेप्से परिसूचक २५०६.६१ विन्दुमा झरेको हो ।

यस साता दुई दिनमै १४० अंकले घटेको छ । पछिल्लो ७ कारोबार दिनमा नेप्से २४० भन्दा बढी अंकले घटिसकेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये सबै परिसूचक राताम्मे भएका छन् ।

सबै समूहहरु ओरालो लागेका छन्। बैंकिङ ४०, ब्यापार १२७, होटल तथा पर्यटन ७१, विकास बैंक ८८, जलविद्युत ९९, फाइनान्स २७, निर्जीवन बीमा ३८४, उत्पादन ९५, अन्य ५४, माइक्रोफाइनान्स ११२, लगानी २ र जीवन बीमा ३५९ अंकले घटे।

निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८४.५३ अंकले घटेको छ । आज कारोबारमा आएका २२० कम्पनीमध्ये जम्मा २० कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

गुमाउनेमा रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि रहे। रिलायन्सको मूल्य ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here