निषेधाज्ञामा शेयर कारोबार सञ्चालनको लागि नेप्सेको ७ बुँदे निर्देशन

काठमाडौं, १३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर शेयर कारोबार गर्न परिपत्र गरेको छ ।

शेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायीलाई ७ बुँदे निर्देशन दिएको हो । निर्देशनमा सकेसम्म अनलाइन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउने भनिएको छ ।

सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव भौतिक आवगमनलाई कम गर्न आग्रह गरेको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै शेयर बिक्रीको रकम लिन भौतिक रूपमा ब्रोकर कार्यालय उपस्थित हुनुपर्दैन ।

धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहाीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्नुपर्ने छ । नेप्सेमा पेश गर्नुपर्ने, कागजातहरु सकेसम्म इमेल मार्फत अभौतिक रुपमा पीडीएफ फाईल पठाउन नेप्सेले अनुरोध गरेको छ ।

त्यस्तै, ब्रोकरहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत ईमेल पठाउन लगाउने र सो को जानकारी यी दुई account@nepalstock.com र support@nepalstock.com यी दुईमा अनिवार्य रुपमा पठाउन नेप्सेले आग्रह गरेको छ ।

संस्थापक शेयरको कारोबार गर्न तथा गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेश गर्न अनुरोध गरेको छ ।

त्यसैगरी, सदस्यले नेप्सेबाट पाएको पत्रहरुको प्रत्युत्तर एवं सदस्यसँग सम्बन्धित अन्य कुनै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा यो इमेलमा पठाउनु पर्ने नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here