बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड कार्यन्वयनमा ल्याउन निर्देशन

काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै आफ्नो ब्यबस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गराउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले गुगल प्लस कोड प्रयोगमा ल्याएको हो। यसको लागि विभागले गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया, २०७७ कार्यविधि तयार पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here