निषेधाज्ञा: विवाह, व्रतबन्धमा बढीमा १५ जनासम्म, खाद्य पसल दुई सिफ्टमा खोल्न दिने

काठमाडौं, १३ बैशाख । काठमाडौंमा बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको छ।

जारी गरेको आदेश अनुसार विवाह, व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सहभागी हुन सकिने बताइएको छ। खाद्य सामग्रीका पसल ‘दुई सिफ्ट’मा खेल्न दिने निर्णय गरेको छ।

प्रशासनले सोमबार साँझ जारी गरेको आदेशअनुसार खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न दिइने भएको हो।

यता, खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय भने २४ सै घण्टा खोल्न दिइने जारी सूचनामा जनाइएको छर

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ।

खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here