२२ वर्षपछि धितोपत्र बोर्डमा कम्पनी सचिव परिवर्तन, नयाँ जिम्मेवारीमा अधिकारी

काठमाडौं १४, वैशाख । करिब २२ वर्ष पछि नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको कम्पनी सचिव परिवर्तन गरिएको छ ।

नयाँ कम्पनी सचिवको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । उनी बोर्डका उपकार्यकारी निर्देशक हुन ।

यसअघि कम्पनी सचिवका रुपमा निरज गिरी थिए । कार्यकारी निर्देशक एंव प्रवक्ता गिरीले करिब २२ वर्ष अघि देखि निरन्तर रुपमा कम्पनी सचिव भएर काम गर्दै आएका थिए ।

करिब तीन साता अघि जिम्मेवारी हेरफेर गरिएपनि गत सातामात्र अधिकारीले कार्यभार पाएका हुन । गिरीले ११ महिनापछि अवकाश पाउँदैछन । सोही कारण कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको बोर्डले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here