धितोपत्र बोर्डको कामू कार्यकारी निर्देशकमा श्रेष्ठ र आचार्य, एक कार्यकारी निर्देशकको दरबन्दी थपियो

काठमाडौं १४, बैशाख । धितोपत्र बोर्डको कामू कार्यकारी निर्देशकको जिम्मेवारी मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यले पाएका छन् ।

यही वैशाख १० देखि लागु हुनेगरी बोर्डले श्रेष्ठ र आचार्यलाई उक्त जिम्मेवारी दिएको हो । श्रेष्ठ र आचार्यले आइतबार मात्र पाएका छन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक परिष्ठ पौड्यालले राजिनामा दिएपछि एकजना कार्यकारी निर्देशकको पद खाली थियो ।

सोही पदमा काम गर्ने गरी एकजना र नयाँ दरबन्दिमा गरी अर्कोलाई गरी दुई जनालाई कामू कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बोर्ड स्रोतले जनाएको छ ।

यसअघि बोर्डमा दुई जनामात्र कार्यकारी निर्देशक रहने व्यवस्था थियो । यही वर्षबाट ददरबन्दी थप गरी तीन जना कार्यकारी निर्देशकको व्यवस्था गरिएको हो ।

कामू कार्यकारी निर्देशकको जिम्मेवारी पाउने दुबैजना बोर्डका उपकार्यकारी निर्देशक हुन । नयाँ जिम्मेवारी अनुसार श्रेष्ठलाई सुपरिवेक्षण र आचार्यलाई अनुसन्धान तथा वस्तुबजारको जिम्मा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here