सिंगटी हाइड्रो आइपीओ शेयर धनीको खातामा, कारोबार कहिलेबाट ?

काठमाडौं, १४ बैशाख । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ ।

सिडीएससीले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । कम्पनीले SHEL सिम्बोल पाएको छ । कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ।

हाल कम्पनीको उक्त आइपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

नेप्सेले कुनैपनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने प्रावधान छ।

गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ छ। त्यस अनुसार नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्न सक्ने देखिन्छ।

कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here