सिंगटी हाइड्रोको शेयर बुधबारदेखि कारोबारमा आउने,ओपनिङ रेन्ज कति ?

काठमाडौं, १४ बैशाख । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले संस्थापक र सर्वसाधरण तर्फको गरी प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै बुधबारदेखि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीलाई नेप्सेले कारोबारका लागि SHEL संकेत चिह्न प्रदान गरेको छ ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसैबीचमा रहेर कम्पनीको पहिलो कारोबार शुरु हुनेछ ।

यसको अर्थ भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा नियमित समयमा शेयर किनबेच सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here