कतिमा भयो सिंगटी हाइड्रोको पहिलो कारोबार ?

काठमाडौं, १५ बैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कारोबार सुरु भएको छ ।

बुधबारको प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०० देखि ३०० सम्मको रेन्ज तोकेको थियो । कम्पनीको शेयर SHEL सिम्बलबाट कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

रेन्जको अधिकतम मूल्यबाट नै कम्पनीको शेयर कारोबार सुरु भएको हो । प्रि ओपन सेसनमा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ । मंगलबार कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here