ग्लोबल आईएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो,बितरणयोग्य कति ?

काठमाडौं, १५ बैशाख । चालु आर्थिक तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले प्रकाशन गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विववरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा ३२.४ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड रहेको छ । वर्षको सोहि अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १५.०६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १७.११ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब पुगेको छ ।

बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर १.६१ प्रतिशत पुगेको छ । २१ अर्ब ६३ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १० अर्ब ५८ करोड रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २२.०५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७२ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here