एनआइसी एशिया बैंकको खुद मुनाफा ३ अर्ब ४८ लाख

काठमाडौं, १५ बैशाख । एनआइसी एशिया बैंकले खुद मुनाफामा सुधार गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा २०.०७ प्रतिशतले वृद्धि भएको छ ।

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ५० करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ५० करोड २४ रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन र गैर सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी भने १९.२३ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा यस्तो आम्दानी बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा २१.९७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

हाल ११ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर ३४.३८ रुपैयाँ, खराब कर्जा ०.४७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १७४.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.७१ प्रतिशत, बेसरेट ६.७७ प्रतिशत र सीसीडी रेसियो ८४.२१ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here