वाणिज्य बैंकहरुको वित्तीय अवस्था: धेरै नाफा कमाउनेमा नबिल, कुनको अवस्था कस्तो ?

काठमाडौं, १५ बैशाख । चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले अर्थतन्त्रमा असर पारेपनि वाणिज्य बैंकहरुमा नाफामा भने सुधार आएको हो । तेस्रो त्रैमासका वित्तीय विवरणमा चैत महिनाको अन्तिमसम्मा बैंकहरुले १३.७९ प्रशितले नाफा बढाएका छन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा २७ वटा वाणिज्य बैंकमध्ये ६ वटाको नाफा घटेको छ भने अन्यको नाफा धेरै नै बढेको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकहरुको नाफा ४४ अर्ब २७ करोड १३ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकहरुको नाफा १३.७९ प्रतिशतले बढेर ५० अर्ब ३७ करोड ९१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

निजी लगानीका बाणिज्य बैंकहरुमा खुद नाफा, वितरणयोग्य मुनाफा तथा अन्य सूचकहरुमा नबिल बैंक प्रथम बन्न पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले १६ दशमलव ५० प्रतिशत बढी खुद नाफा गरेको छ ।

गत वर्ष ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ३ खर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो ।

यस अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ ।

नबिलको प्रतिस्पर्धीमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुनाफा ३२ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२।४० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ छ ।

तेस्रोमा एनआइसी एशिया बैंक रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनआईसी एसिया बैंक लिमिटेडले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको भन्दा यस वर्ष खुद नाफा २० दशमलव ९७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले २ अर्ब ५० करोड २४ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ६ लाख ३ हजार रुपैयाँ छ ।

नाफा घट्नेमा एनसीसी बैंक, बैंक अफ काठमाण्डू, स्टयान्डर्ड चार्टर्ड, सेन्चुरी बैंक, एभेरेष्ट, हिमालयन र नेपाल एसबीआई बैंकको नाफामा भारी गिरावट आएको छ ।

सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सेञ्चुरी बैंक रहेको छ । बैंकको नाफा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ रहेको छ । यो बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ६०.८९ प्रतिशतले घटेको पनि छ ।

सिभिल, सेञ्चुरी र नेपाल एसबीआई बैंक बाहेकका सबै बैंकको नाफा अर्ब बढी रहेको छ । यी तीन बैंकको नाफा अर्ब भन्दा कम रहेको छ । प्रतिशतको आधारमा हेर्दा नाफामा छलाङ एनएमबी बैंकले मारेको छ । बैंकले नाफा ८७.७९ प्रतिशतले बढाएको छ ।

बैंकहरुको वित्तीय अवस्थामा उल्लेख्य प्रगति देखिएको छ । कोरोना महामारीका कारण पनि बैंकहरुको नाफामा धेरै असर परेको छैन ।

त्यस्तै रिजर्भ, प्रति सेयर आम्दानीमा पनि नबिल बैंक प्रथम स्थानमा छ भने उसलाई ग्लोबल र एनआईसी एसिया बैंकले पछ्याएका छन्। यी ७ वटा बाणिज्य बैंकमा सबैभन्दा कम खराब कर्जा अनुपात एनआईसी एसिया बैंकको रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here