दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं, १५ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।

बुधबार शेयर बजार मापक सूचक नेप्से १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार ८८६ रुपैयाँ बराबरको ८९ लाख ५३ हजार ४५१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ५४.६५ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १४९.११ अंकले घटेको छ ।

समूहगत रुपमा हेर्दा बैंकिङ १४, होटल तथा पर्यटन १९, विकास बैंक २४, जलविद्युत १८, फाइनान्स १५, निर्जीवन बीमा १०४, माइक्रोफाइनान्स ४६, जीवन बीमा १४९ अंकले घटेका छन्।

ब्यापार ९, उत्पादन ५४ र अन्य समूह १७ अंकले बढेका छन्। समग्र बजार घटे पनि दुई कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत मूल्य कमाएका छन्। सिंगटी हाइड्रो, महिला लघुवित्त र बिशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

गुमाउनेमा पोखरा फाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा यस दिन एनसिसी बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य पनि ३ प्रतिशत बढेर प्रतिकित्ता ३४० रुपैयाँ पुगेको छ।

त्यस्तै माथिल्लो तामाकोसीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच हुँदा मूल्य सामान्य घटेर ८३८ रुपैयाँमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here