यी हुन् सरकारले मुद्दा फिर्ता लिएका व्यक्तिहरू (सूचीसहित)

काठमाडौं, १५ बैशाख । सरकारले मधेस आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।

जनता समाजवादी पार्टी ९जसपा०सँगको सहमतिका आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ता लिएको उनले बताए ।

जिल्ला अदालत सन्तुष्ट भएमा मुद्दा फिर्ता हुनेछ। अदालतले अस्वीकार गरेमा मुद्दा फिर्ता हुने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here