लगानीकर्ताको रोजाइमा ‘निफ्रा’,अपरदेखि पुनर्बीमासम्म, कुनको कारोबार कति ?

काठमाडौं, १५ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।

बुधबार शेयर बजार मापक सूचक नेप्से १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा झरेको हो ।

बजार ओरोलो लाग्दा लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा यस दिन एनसिसी बैंक परेको छ । सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य पनि ३ प्रतिशत बढेर प्रतिकित्ता ३४० रुपैयाँ पुगेको छ।

अपर तामाकोशीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अपर तामाकोशीको १६ करोड ९७ लाख ८१ हजार ६७९ रुपैयाँ बराबरको २ लाख १०२ कित्ता शेयर खरिद–बिक्री भएको छ।

८४७ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर ९ रुपैयाँ घट्दै ८३८ रुपैयाँमा कारेबार बन्द भएको छ ।

कारोबारको तेस्रो नम्बरमा एचआइडीसीको शेयर कारोबार भएको छ । एचआइडीसीको १४ करोड ४६ लाख ४३ हजार २६७ रुपैयाँको कारोबार भयो ।

कारोबारको चौंथो नम्बरमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । त्यसदिन पुनर्बीमाको १२ करोड ४६ लाख ८८ हजार १६२ रुपैयाँ बराबरको ८८ हजार २५३ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

१३९३ मा कारोबार सुरु भएको पुनर्बीमा कम्पनीको शेयर मूल्य १० रुपैयाँ बढ्दै १४०३ रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौं नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ । त्यसदिन निफ्राको ११ करोड ४६ लाख ४१ हजार ६२२ रुपैयाँ बराबरको २ लाख ९ हजार ७६१ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५४७ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य २ रुपैयाँ घट्दै ५४५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार ८८६ रुपैयाँ बराबरको ८९ लाख ५३ हजार ४५१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ५४.६५ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १४९.११ अंकले घटेको छ ।

समूहगत रुपमा हेर्दा बैंकिङ १४, होटल तथा पर्यटन १९, विकास बैंक २४, जलविद्युत १८, फाइनान्स १५, निर्जीवन बीमा १०४, माइक्रोफाइनान्स ४६, जीवन बीमा १४९ अंकले घटेका छन्।

ब्यापार ९, उत्पादन ५४ र अन्य समूह १७ अंकले बढेका छन्। समग्र बजार घटे पनि दुई कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत मूल्य कमाएका छन्। सिंगटी हाइड्रो, महिला लघुवित्त र बिशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

गुमाउनेमा पोखरा फाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here