कोरोना विरुद्धको ‘भेरोसिल’ र दोस्रो डोजको ‘कोभिसिल्ड’ खोप अभियान स्थगित

फाइलफोटो

काठमाडौं, १५ बैशाख । सरकारले कोभिड–१९ विरुद्धको पहिलो मात्राको ‘भेरोसिल’ खोप अभियान हाललाई स्थगित गरेको छ ।

स्वास्थ्य मन्त्रालय बुधबार एक विज्ञप्ति निकाल्दै चैत २५ गतेदेखि शुरु गरेको भेरोसिल खोप अभियान विहिबारदेखि स्थगित गरेको हो । चैत २५ गतेदेखि १८ देखि ५९ वर्षसम्मका उमेर समूहलाई खोप लगाउँदै आएको थियो ।

संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

पछिल्लो समय कोभिडको खोप लगाउनका लागि खोप केन्द्र भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै आलोचना समेत भइरहेको थियो।

यस्तै दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here