निषेधाज्ञामा पेट्रोल पम्प खुल्ला रहने, खाना पकाउने ग्यास सहज उपलब्ध

काठमाडौं, १५ बैशाख । निषेधाज्ञाको समयमा पनि सबै पेट्रोल पम्प तथा पेट्रोलियम पदार्थका डिपोहरु खुल्ने भएका छन् ।

नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दैं निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको हो ।

त्यस्तै खाना पकाउने ग्यास पनि सहज र सरल ढंगबाट उपलब्ध हुनेछ ।

निगमका प्रवक्ता ई.विनित मणि उपाध्यद्वारा जारी विज्ञप्तिमा बैशाख १६ गतेबाट हुने निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनका लागि निगमको वाग्मति प्रादेशिक कार्यालय थानकोट खुल्ला नै रहने उल्लेख छ ।

बिहीबारदेखि निषेधाज्ञा घोषणा गर्ने भएपछि बुधबार काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा पेट्रोल भर्नेको लाइन लागेको थियो । तर, सेवा निरन्तर रहने भन्दै निगमले नआत्तिन सर्वसाधारणलाई आश्वस्त बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here