२४ बैंक अर्बपति क्लबमा प्रवेश, चार बैंकको नाफा तीन अर्ब माथि

काठमाडौं, १६ बैशाख । चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले अर्थतन्त्रमा असर पारेपनि वाणिज्य बैंकहरुमा नाफामा भने सुधार आएको हो ।

तेस्रो त्रैमासका वित्तीय विवरणमा चैत महिनाको अन्तिमसम्मा बैंकहरुले १३.७९ प्रशितले नाफा बढाएका छन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा २७ वटा वाणिज्य बैंकमध्ये ६ वटाको नाफा घटेको छ भने अन्यको नाफा धेरै नै बढेको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकहरुको नाफा ४४ अर्ब २७ करोड १३ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकहरुको नाफा १३.७९ प्रतिशतले बढेर ५० अर्ब ३७ करोड ९१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म २४ बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । २७ बैंकमध्ये २४ वटा बैंकले ९ महिनामा १ अर्ब बढी खुद मुनाफा कमाएका छन् ।

गत वर्ष तेस्रो त्रैमाससम्म २३ बैंकले १ अर्ब बढी नाफा कमाएका थिए । चालू आवमा नेपाल एसबीआई, सिभल र सेञ्चुरी बैंकको खुद नाफा १ अर्ब मुनि रहेको छ ।

तेस्रो त्रैमाससम्म नबिल, एनआइसी एशिया, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईले ३ अर्ब बढी नाफा कमाएका छन् ।

यस्तै, एनएमबी, प्राइम, इन्भेष्मेन्टसहित ७ बैंकले २ अर्ब बढी नाफा कमाउन सफल भएका छन् भने १३ बैंकले १ देखि २ अर्बको बीचमा नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरुको वित्तीय अवस्था: धेरै नाफा कमाउनेमा नबिल, कुनको अवस्था कस्तो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here