काठमाडौं, १६ बैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बुधबार नियमित बजारमा कारोबार सुचारु भएको कम्पनीको शेयर मूल्य दोस्रोदिन १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सिंगटी शेयर ३३ रुपैयाँ बढेर ३६३ रुपैयाँमा कारोबार भैरहेको छ ।
कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा भएको थियो ।