‘निफ्रा’ले कमायो ५८ करोडको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, १६ बैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले खुद मुनाफामा झिनो सुधार गरेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १.२४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निफ्राले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७२ लाख रुपैयाँ बढी हो ।

गत आवको यसै अवधिमा ५८ करोड २० लाख ७० हजार खुद नाफा कमाएको थियो । यस अवधिमा ४६ करोड ३२ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

यस अवधिमा ४६ करोड ३२ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको ६६.६७ प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी ५.०२ रुपैयाँमा संकुचित बनेको छ । बैंकले पूँजी वृद्धिको तुलनामा नाफा बढाएपछि प्रतिशेयर आम्दानी १.४५ रुपैयाँले घटेको हो ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ४९ करोड रुपैयाँ सापटी लिएर गरी २ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट बैंकले ९३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८३ करोड ५५ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१, सञ्चालन नाफा ०.६१, निक्षेप २३.७९, कर्जा लगानी २७६.६३, र जगेडा कोष ४५.९२ प्रतिशतले बढेको छ ।

बैंकको कोषको लागत ९.४० प्रतिशत, कर्जा निक्षेप अनुपात ९.३७ प्रतिशत, प्रतिशेयर नेटवर्थ ११०.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११६.६० गुणा छ ।

हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा ४६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here