शुक्रबारदेखि सीईडीबीको आइपीओ निष्काशन हुने, कसले कति पाउँछन् ?

काठमाडौं, १६ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख १७ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

शुक्रवारदेखि सीईडीबी हाइड्रोपावले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण शेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ । यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावाटको राधी विद्युत कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here