सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, चार स्थानमा सुपथ मूल्य पसल

फाइलफोटो

काठमाडौं, १६ बैशाख । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्न लागेको हो ।

थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् ।

ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले यस अघिको लकडाउनमा पनि आफै पसल सञ्चालन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here