दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहिवार शेयर बजार मापक सूचक नेप्से २५.८२ अंकले बढेर २६११.१० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ४ अर्ब ३५ करोड ७० लाख ११ हजार २४९ रुपैयाँ बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ समूहको परिसूचक राताम्मे भएका छन् ।
जीवन बीमा समूह सबैभन्दा धेरै १४२.८८ अंकले बढेको छ भने होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा धेरै २७.७७ अंकले घटेको छ भने ।

यस दिन बैंकिङ ७, ब्यापार १२६, विकास बैंक २७, जलविद्युत ८०, फाइनान्स ५, निर्जीवन बीमा १२४, उत्पादन १०३, अन्य ५०, माइक्रोफाइनान्स ४४ र जीवन बीमा १४२ अंकले बढेका छन्।

आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा शिवम् सिमेन्ट १८ करोड र हिमालयन पावर कम्पनी १६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारम पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, सिंगटी हाइडो इनर्जी र विशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here