काठमाडौं, १६ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा आवतजावत गर्नका लागि केही सहज व्यवस्था गरेको छ ।
प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई सवारी पास आवश्यक नपर्नेहरुको सूची सर्वाजनिक गरेको हो ।
जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी दिएको छ ।
त्यस्तै काठमाडौंले भोलिदेखि अत्यावश्यक र मृत्यु संस्कारबाहेक अन्यलाई सवारी पास नदिने बताएको छ ।
अत्यावश्यक भन्दै अनावश्यक पास माग्न थालेपछि प्रशासनले अब मृत्यु संस्कारका लागि घर जानेलाई र अत्यावश्यक काममा जानेलाई बाहेक अरुलाई सवारी पास जारी नगरिने जानकारी दिएको छ ।
यस्तै, बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कारोबार गर्ने संस्था र विमानस्थल आउजाउ गर्ने संस्था तथा कर्मचारीहरुका हकमा लागि सवारी पास नचाहिने सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?