निषेधाज्ञामा हवाई यात्रा गर्दै हुनुहुन्छ ? घरमै आइपुग्छ हरियो नम्बर प्लेटको ट्याक्सी

फाइलफोटो

काठमाडौं, १६ बैशाख । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् ।

विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो ।

उक्त ट्याक्सी भने विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरपोर्ट प्रिपेड ट्याक्सीमा मात्रै हुनुपर्नेछ ।

आफ्नो हवाइ टिकट, पासपोर्ट र भिसा देखाएको आधारमा यात्रुले विमानस्थलमा आवतजावत गर्न पाउनेछन् ।

विमानस्थलसम्म या त्यहाँबाट घरसम्मको यात्राका लागि अनुमतिप्राप्त सोही प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सुविधा लिन सकिनेछ ।

त्यसका लागि आवश्यक ट्याक्सीको सम्पर्क नम्बर पनि विमानस्थल कार्यालयले उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here