सीइडीबी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं, १७ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण शेयर (आइपीओ) बिक्री खुल्ला भएको छ ।

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबार कार्यालय समयदेखि कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता बिक्रीमा ल्याएको हो ।

कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ । आइपीओमा आवेदन दिनेको संख्या मागभन्दा धेरै रहेने हुनाले १० कित्ताको लागि पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ ।

उक्त शेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो । त्यसैले नै १० कित्ताको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावाटको राधी विद्युत कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here