मेरो शेयर नखुलेर ‘सीइडीबी’ को आइपीओ भर्न सक्नुभएन्, यस्तो छ नयाँ तरिका

काठमाडौं । आइपीओ खुलेको बेला एकैपटक भर्नेको चाप धेरै हुनाले ‘मेरो शेयर’ नखुल्ले समस्या भने नयाँ होइन् ।

यसअघिका आइपीओ खुल्दापनि यहि नै समस्या भने आइरहने गरेको थियो । यसपटक ‘मेरो शेयर’ स्तरोन्नतीका गरिएको भएपनि आइपीओ भर्नेको चापको कारण नखुल्न पनि सक्छ ।

‘मेरो शेयर नखुल्ने’ तथा आफै लग आउट हुने जस्ता समस्या आउने हुनाले सेवाग्राहीले आफ्नो ब्राउजरको ‘इन्कग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ मार्फत सेवा लिन सक्नेछन् ।

कसरी प्रयोग गर्ने ‘इन्कोग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ ?

यो सेवा तपाइहरुको लागि नौलो लाग्न सक्छ , तर यसबाट सहज रुपमा सेवा लिन सकिने छ । जसको प्रयोगको लागि इन्कोग्निटो विन्डो भनेको जस्तै तपाईंले गुगल क्रोम वेवसाइट खोल्नु भएको छ भने तपाईंले त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देख्न सक्नुहुन्छ ।

त्यहाँ क्लिक गर्नु भयो भने तपाईंले न्यू इन्कोग्निटो विन्डो हेर्न सक्नुहुन्छ । वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गर्नु भयो भने इन्कोग्निटो विन्डो खुल्छ । र, नयाँ आएको ब्राउजरमा मेरो शेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ ।

त्यस्तै अर्को तरिका भनेको प्राइभेट विन्डो हो । तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो शेयर प्रयोग गर्न सक्नुहुन्छ ।

प्राइभेट विन्डो मोजिला फायरफक्स वा अन्य कुनै ब्राउजरबाट खोल्न मिल्छ । पहिलो उक्त ब्राउजर खोल्ने र ब्राउजरको एड्रेस बारको सबैभन्दा दायाँ भागमा रहेको बटमा क्लिक गनुपर्छ ।

मोजिला फायरफक्सको हकमा तीन वटा तेश्रो धर्का भएकोमा क्लिक गर्ने । (अर्थात कन्ट्रोल प्लस सिफ्ट प्लस पी एकैपटक दाब्ने) । त्यसपछि आएको अप्सनमध्ये न्यू इन्कग्निटो विन्डोमा छनोट गर्ने । र, नयाँ आएको ब्राउजरमा मेरो सेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here