थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

काठमाडौं, १७ बैशाख । पछिल्लो २४ घण्टामा ५७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५३९१ पीसीआर परीक्षणमा ५६५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेको छ । ३३ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here