काठमाडौं, १७ बैशाख । युनाइटेड फाइनान्स पनि नविल बैंकमा गाभिने भएको छ । शुक्रबार नबिल बैंक र युनाइटेड फाइनान्सको मर्जर कमिटीबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नबिल बैंकको केन्द्रिय कार्यालयमा आयोजीत एक समारोहका बीच नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
नबिल र युनाइटेडबीच १००ः३५ को स्वाप रेसियो कायम गर्ने सहमति भएको बताईएको छ । नबिलमा बिनोद चौधरीको ठूलो लगानी छ भने युनाइटेड फाइनान्समा पनि चौधरीको लगानी रहेको छ । क्रस होल्डिङका कारण पनि यी दुई संस्थालाई मर्जरका लागि दबाव थियो ।
प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ ।
सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिलबैंकको काठमाडौं उपत्यका भित्रमात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ATM संख्या भने १९० हुनेछ ।