अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको सिफारिस

काठमाडौं, १८ बैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सीसीएमसीको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको हो।

कोरोनाको उच्च जोखिम भएका मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्ने र आन्तरिक उडानहरूलाई पनि कटौती गर्न र रोक्न सिफारिस गरिएको हो।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ ।

भारतमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टको संक्रमणले त्राहीमाम पारेको छ । यस्तो अवस्थामा पनि भारतबाट नेपाल आउने उडान रोकिएको छ ।

जसलाई लिएर सरकारको आलोचना हुँदै गरेको थियो । कोरोनाको नयाँ भेरियन्टको संक्रमण रोक्नका लागि भारतसँगको आवतजावतमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here