रुरुको आइपीओ शेयर धनीको खातामा, कारोबार कहिलेबाट ?

काठमाडौं, १८ बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) डिम्याट खातामा आएको छ ।

सिडीएससीले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । कम्पनीले RURU सिम्बोल पाएको छ । कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ।

हाल कम्पनीको उक्त आइपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here