कोरोनाबाट मृत्यु हुनेको शव जलाउने ठाउँको व्यवस्थापन गर्न जिप्रकाको निर्देशन

काठमाडौं, १८ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाबाट मृत्यु भएका मृतकको शव र जलाउने स्थानको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

काठमाडौं जिल्ला प्रशासनको यसैसाता बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

कोभिड-१९ संक्रमणको स्थिती भयावह बन्दै गैरहेको हुनाले मृत्युदरको संख्यालाई मध्येनजर गर्दै मृतको शव व्यवस्थापन गर्ने र जलाउने जलाउने स्थानको व्यवस्थापन गर्न निर्देशनमा भनिएको छ ।

पछिल्लो केहीदिन देखि कोरोना संक्रमण बढेको कारण पशुपतिको विद्युतीय शवदाहमा जलाउनको लागि पालो कुर्न पर्ने अवस्था आएको छ ।

साथै, गम्भिर बिरामीहरुको लागि अस्पतालमा बेड व्यवस्थापनका लागि अस्पतालहरुलाई निर्देशन जारी गर्न अनुरोध गर्ने निर्णय पनि प्रशासनको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here