प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेमा कोरोना संक्रमण पुष्टी भएको छ ।

शुक्रबारदेखि ज्वरो बढेपछि उनलाई कोभिड–१९ को आशंकामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको हो ।

उनी अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here