थप ५,७६३ जनामा कोरोना संक्रमण पुष्टी, १९ जना संक्रमितको मृत्यु

काठमाडौं, १८ बैशाख । पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९६९ नमुना परीक्षणमा ५७६३ जनामा संक्रमण पुष्टि भएको हो ।

१४ हजार ४०३ जनाको पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ५७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ । १९ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार २९८पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here