तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ बैशाख । कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।

निषेधाज्ञा भएपनि शेयर कारोबार भने नियमित रुपमा नै सञ्चालन भैरहेको छ । आइतबार कारोबार खुले लगत्तै ११ बजेर ५ मिनेट सम्ममा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बिशाल बजार, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको हो । बिशाल बजार शेयर मूल्य ५०९ रुपैयाँ बढेर प्रतिकित्ता ५६०८ पुगेको छ ।

सिंगटी हाइड्रोको ३६ रुपैयाँ बढेर ३९९ रुपैयाँ र महिला लघुवित्तको ३१२ रुपैयाँ बढेर ३४३७ रुपैयाँमा कारोबार भै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here