सुनको मूल्य बढ्यो

काठमाडौं, १९ बैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको । यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैँयाले घटेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here