बैंक तथा वित्तीय संस्थालाई ७ बुँदे निर्देशन, फेस टु फेस हुने सेवा कम गर्नु

काठमाडौं, १९ बैशाख । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ७ बुँदे निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकोले सजकता अपनाएर काम गर्न आग्रह गर्दै एक परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

निर्देशनमा स्वास्थ्य मापदण्डको पालना गर्न,र जोखिम न्यूनीकरणका उपाय अबलम्बन गर्न आग्रह गरेको छ ।

त्यस्तै निषेधाज्ञा जारि भएका स्थानमा रहेका केन्द्रिय कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वर्क फर्म होम र रिमोट एक्सेसबाट सेवा दिन पनि निर्देशन दिएको छ ।

कर्मचारीहरुको अनावश्यक उपस्थिति रोक्नको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्न अनुरोध गरिएको छ ।

त्यस्तै शाखाहरुबाट आलोपालो सेवा दिन, र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक संजाल मार्फत जानकारी दिन भनिएको छ ।

राष्ट्र बैंकले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न र स्थानीय निकायसंग समन्वय गरि सेवा दिन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here