रुरुको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १९ बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले संस्थापक र सर्वसाधरणतर्फको गरी प्रतिकित्ता १०० रुपैयाँ दरले ४० लाख ७७ हजार ४५ कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको कारोबारका लागि नेप्सेले RURU संकेत चिह्न प्रदान गरेको छ ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ११८.८४ रुपैयाँदेखि ३५६.५२ रुपैयाँ ओपनरेञ्ज तोकेको छ ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले शेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here