यी हुन् लगानीकर्ताको रोजाइमा परेका पाँच कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं , १९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज ५४ अकले बढेर २६६५.११ विन्दुमा पुगेको हो ।

त्यसदिन लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा यस दिन एनसिसी बैंक परेको छ । सो कम्पनीको ४२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य पनि ४ प्रतिशत बढेर प्रतिकित्ता ३६७ रुपैयाँ पुगेको छ।

कारोबारको दोस्रो नम्बरमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । त्यसदिन पुनर्बीमाको ४० करोड ३२ लाख २८ हजार ५० रुपैयाँ बराबरको २ लाख ७० हजार ९०४ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

१४४१ मा कारोबार सुरु भएको पुनर्बीमा कम्पनीको शेयर मूल्य ७१ रुपैयाँ बढ्दै १५१२ रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

कारोबारको तेस्रो नम्बरमा नेपाल टेलिकमको शेयर परेको छ । त्यसदिन नेपाल टेलिकमको ३२ करोड ४४ लाख १४ हजार ९३ रुपैयाँ बाराबरको कारोबार भएको छ । नेपाल टेलिकमको शेयर मूल्य ५८ रुपैयाँ बढेर १३७० रुपैयाँ पुगेको छ ।

कारोबारको चौथो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ । त्यसदिन निफ्राको २४ करोड २२ लाख ४६ हजार ५६६ रुपैयाँ बराबरको ४ लाख ४८ हजार १६० कित्ता शेयर खरिद–बिक्री भएको छ।

५४२ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ५४२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौं नम्बरमा हिमालय डिस्टीलरीको शेयर परेको छ । त्यसदिन हिमालय डिस्टीलरीको २१ करोड २३ लाख ५३ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here