निषेधाज्ञा अवधिभर २ लाखसम्मको भुक्तानी शेयर बिक्री गरेको दिनमै हुने !

काठमाडौं, १९ बैशाख । ३५ नम्बर ब्रोकर कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्यिुरिटिज प्रा. लि.बाट शेयर कारोबार गर्नेले २ लाख सम्मको भुक्तानी कारोबार दिनमै दिन पाउने भएका छन् ।

इन्भेष्टमेन्टले आफ्नो अफिसियल पेज मार्फत घर खर्च तथा अस्पतालको लागि पैसा आवश्यकता परेको जानाकारी गराएमा २ लाख सम्मको भुक्तानी कारोबार दिनमै दिने जनाकारी गराएको हो ।

निषेधाज्ञाका बेला ग्राहकहरुलाई पर्नसक्ने अप्ठेरोलाई सहज बनाउनका लागि यस्तो योजना ल्याएको कम्पनीको दाबी छ ।

‘यस कम्पनीसँ ग आबद्ध ग्राहकहरुले लकडाउन अवधिभर घरखर्च तथा अस्पतालको लागी रकम आवश्यकता परेको जानकारी कम्पनीलाई गराएमा दुई लाखसम्मको रकम ग्राहकलाई शेयर बिक्री गरिएको दिनमा नै उपलब्ध गराउने जानकारी गराइन्छ’ सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा शेयर राफसाफमा टि प्लस टु लागू भएपनि कतिपय ब्रोकरले कारोबारको भुक्तानी दिन हप्ता दिन पनि लगाउने गरेका छन् ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि सरकारले उपत्यका लगायत देशको विभिन्न ठाँउमा निषेधाज्ञा गरेको छ । निषेधाज्ञको अवधिमा पनि शेयर कारोबार भने भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here