निगमलाई पाक्षिक १ अर्ब नोक्सान, तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने

काठमाडौं, १९ बैशाख । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपाल आयल निगम भने तत्काल मूल्य वृद्धि नगर्ने भएको छ ।

आइतबार एक सूचना जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने जनाएको हो ।

निषेधाज्ञाका बेला ग्राहकहरुलाई पर्नसक्ने अप्ठेरोलाई सहज बनाउनका लागि स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने सूचनामा उल्लेख गरेको छ ।

पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल.पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ ।

जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ ।

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here