सीईडीबी हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो, कतिले भरे ?

काठमाडौं, १९ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण शेयर(आइपीओ) मा मागभन्दा ८ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ः१५ बजेसम्म १२ लाख ११ हजार ३४४ जनाले १ करोड ८८ लाख ६४ हजार ३२४ कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ८.०५ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयरमध्ये ५ प्रतिशत (१ लाख २५ हजार ९११ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (५० हजार ३६५) कित्ता आयोजनाका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै शेयर विक्री नभएका ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन पाइन्छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here