मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

काठमाडौं, २१ बैशाख । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् ।

भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए । जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंकसहित १४औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here