कतिमा भयो रुरु जलविद्युतको पहिलो कारोबार ?

काठमाडौं, २० बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ ।

सोमबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार ३५६ रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ११८.८४ रुपैयाँदेखि ३५६.५२ रुपैयाँ सम्मको रेन्ज तोकेको थियो । कम्पनीको शेयर RURU सिम्बलबाट कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

रेन्जको अधिकतम मूल्यबाट नै कम्पनीको शेयर कारोबार सुरु भएको हो ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले शेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here