निषेधाज्ञामा अत्यावश्यक सामग्री बोक्ने सवारीलाई नयाँ मापदण्ड

काठमाडौं, २० बैशाख । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएको छ।

योसँगै अत्यावश्यक वस्तु व्यवस्थापनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ ।

अत्यावश्यक वस्तु ओसारपसार गर्ने ढुवानी गर्नेलाई सजिलो बनाउनको लागि मापदण्ड बनाएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयको मापदण्ड अनुसार चालक, कामदारले प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुख पठाएको पत्रको एक-एक प्रति आफ्नो परिचयपत्रसहित र प्रयोग गरेको सवारीसाधनमा अगाडि देख्नेगरी ढुवानी सेवा भनिएको ब्यानर राख्नुपर्नेछ ।

त्यस्तै अत्यावश्यक उपभोग्य वस्तुहरुको लागि कम्पनीहरुले सवारीसाधनको नम्बर संलग्न कामदार र कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो ‌‌‌औपचारिक पत्रबाट प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुखलाई विद्युतिय माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

सवारीसाधनमा चालक र कामदार कर्मचारी बाहेक अन्य राख्न नपाउने मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here