अपी पावरले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं, २० बैशाख । अपी पावर कम्पनी लिमिटेडले ५६.७० करोड रुपैयाँको हकप्रद निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सोमबार अपी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको छ।

बोर्डबाट अनुमति पाएसँगै अब अपी पावरले १०० रुपैयाँ अंकित दरका कुल ५६ हजार ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ।

कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। अर्थात यो हकप्रद २९.३८ प्रतिशतबराबर हुनेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here