कारोबारको दुई घण्टा: पाँच कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, साढे ३ अर्बको कारोबार

काठमाडौं, २० बैशाख । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा १२.१५ अंकले बढेको छ । यो संगै परिसुचक २६७७.२६ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१४ कम्पनीको ७० लाख ६२ हजार ६१९ कित्ता शेयर ४६ हजार ४२० पटक खरिद बिक्री हुदाँ ३ अर्ब ५४ करोड २५ लाख २२ हजार ९१९ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका पाँच कम्पनीको शेगर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । बिशाल बजार, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स र नाग्दीको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here