दोहोरो अंकले घट्यो नेप्से, अपी पावरको सर्वाधिक कारोबार

काठमाडौं, २० बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको दोस्रोदिन सोमबार नेप्से १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स र लगानीबाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.५५ प्रतिशतले ओरालो लाग्दा अन्य उपसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर उपसूचक १.२३ प्रतिशत, विकास बैंक उपसूचक १.१८ प्रतिशत र उत्पादन उपसूचक १.०९ प्रतिशतले घटेको छ ।

यता, लघुवित्त उपसूचक भने १.३ प्रतिशत र लगानी उपसूचक ०.५ प्रतिशतले बढेको छ ।

आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनीको २९ करोड र ग्रामीण विकास लघुवित्त २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार , नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, सिंगटी हाइडो इनर्जी र ङादी ग्रुप कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here