थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टी, ३७ जनाको मृत्यु

काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार ८५ जना पुगेको छ । ३७ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ३६२ पुगेको छ । संक्रम संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here