काठमाडौं, २० बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) मा आवेदनको ओइरो लागेको छ ।
सीडीएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ४:४५ सम्ममा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा २ करोड २९ लाख ९४ हजार ६०० कित्ताका लागि आवेदन परेको छ ।
१४ लाख ९४ हजार ७७० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता शे यर खुला गरेको हो । यसआधारमा, हालसम्म सर्वसाधारणले माग भन्दा ९।८२ गुणा बढी आवेदन दिइसकेका छन् ।
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल सेयरमध्ये ५ प्रतिशत (१ लाख २५ हजार ९११ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (५० हजार ३६५) कित्ता आयोजनाका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै शेयर विक्री नभएका ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन पाइन्छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।